काठमाण्डु, ६ कात्तिक- धनुषामा स्कुल बसको ठक्कराट स्कुले बालिकाको मृत्यु भएको छ ।
धनौजी गाउँपालिका-२ रामजानकी बोर्डिङ स्कुलमा पढ्ने ११ वर्षीया आरोहीकुमारी मण्डलको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान १० बजेतिर बा३प ९०६५ नम्बरको जनज्योति बोर्डिङ स्कुलको बसले विद्यालय जाँदै गर्दा आरोहीलाई ठक्कर दिएको धनुषा प्रहरीका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । बस पूर्ण रुपमा जलेर नस्ट भएको छ ।