अध्यादेश ल्याउने विषयमा मलाई केही थाहा छैनः कानुनमन्त्री चौरसिया

काठमाण्डु टुडे २०८१ कार्तिक ५ गते १७:५२ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सरकारले ल्याउने भनिएका दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा आफूलाई केही जानकारी नभएको बताएका छन ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अध्यादेश ल्याउनेबारे छलफल गरेका थिए ।

देउवासँगको छलफलपछि आज बस्ने मन्त्रिपरिषद्को बैठकमा अध्यादेश पेस गर्ने तयारी भइरहको चर्चाबिच मन्त्री चौरसियाले केही थाहा नभएको बताएका हुन ।

कानुनमन्त्री चौरासियाले भने, ‘अध्यादेश ल्याउने विषयमा मलाई केही थाहा छैन । प्रधानमन्त्री र गृहमन्त्रीजीले पनि मलाई केही भनेका छैनन् । पार्टी सभापतिजीले पनि केही भन्नु भएको छैन ।’

अध्यादेश ल्याउने विषयमा कांग्रेसका महामन्त्री गगन थापाले सोमबार देउवालाई भेटेर चासो व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us