काठमाण्डु, ५ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट रुपन्देही लगीएको छ ।
सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई सोमबार बिहान रुपन्देही लगीएको हो ।
उनलाई सोमबार जहाजमार्फत रुपन्देही लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । त्यहाँपनि उनीविरुद्ध सहकारी ठगीबारे बयान गराइने छ ।
जोशी गत असोज ६ गते पक्राउ परेका थिए । उनी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार समेत हुन् । उनको त्यहाँ बयान पूरा भएपनि कात्तिक ७ गते पोखरा फर्काइने कास्की प्रहरीले जानकारी दिएको छ ।