काठमाण्डु, ५ कात्तिक– पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीले केपी शर्मा ओलीको सरकारले विवादित पात्रको हातबाट अर्बौंका दान लिनु घुस भएको बताएका छन ।
मोरङको ग्रामथानस्थित तेतरियामा सोमबार आयोजित पार्टी सम्पर्क कार्यालय उद्घाटन तथा उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै पूर्व मन्त्री मोदीले यस्तो बताएका हुन ।
उनले एमाले भ्रष्टाचारको दलदलमा फसेको बताउँदै एमालेका कार्यकर्तालाई पार्टी छोड्न समेत आग्रह गरेका छन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा भ्रष्टाचारको सुई आरजु देउवा र केपी ओलीतिर सोझिएपछि सरकार ढालिएको आरोप लगाएका छन ।
उनले ग्रामथानको उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नमोनारायण माझीले जित्ने समेत बताएका छन ।