
नवनियुक्त गृहमन्त्री लेखक
काठमाडौँ, ३१ असार ः नवनियुक्त गृहमन्त्री रमेश लेखक सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपश्चात् सोही मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै । तस्बिर ः विमलबहादुर बिष्ट÷रासस
काठमाण्डू, ४ कात्तिक- काठमाण्डू उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई नागरिक एपमार्फत जरिवाना गराउने अभियान सुरू भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले उक्त सेवाको विधिवत शुभारम्भ गरे ।
मन्त्री लेखकले सिंहदरबार अगाडि लेन अनुशासन उल्लंघन गरेका एक मोटरसाइकल चालकलाई को ई-चलान अर्थात डिजिटल चिट काटेर कार्यक्रम शुभारम्भ गरेका हुन् ।
योसँगै अब ट्राफिक नियम उल्लंघन गर्ने चालकले नागरिक एपबाटै लाइसेन्स देखाउन र तत्काल जरिवाना तिर्न सक्नेछन् ।
अबदेखि ट्राफिक प्रहरीले नागरिक एपमा देखाइने क्युआर कोड स्क्यान गरी डिजिटल चिट काट्नेछ ।