लुक्लाका प्रहरी अङ्ग्रेजी सिक्दै

काठमाण्डु टुडे २०७१ भदौ ७ गते ४:५४ मा प्रकाशित

सोलु, ७ भदौ – पर्यटकीय सिजन सुरु भएसँगै लुक्लामा कार्यरत पर्यटन प्रहरी तथा विमानस्थल सुरक्षा गार्डलाई अङ्ग्रेजी भाषासम्बन्धी १५ दिने तालिम दिइएको छ ।
भाषाको ज्ञान नहुँदा विदेशी पर्यटकसँग कुराकानी गर्न तथा उनीहरूको परिचयपत्र हेर्नसमेत समस्या भएपछि प्रहरीलाई तालिम दिइएको हो । भाषिक समस्याका कारण पर्यटक र प्रहरी दुवै समस्यामा पर्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय लुक्लाका प्निरीक्षक रामकाजी थामीले शुक्रबार सम्पन्न तालिममा पर्यटक प्रहरी,  विमानस्थल सुरक्षा गार्ड, प्रहरीसमेत गरी ३५ जनाको सहभागिता रहेको बताए ।
लुक्लामा पर्यटक प्रहरी कार्यालय नै स्थापना गरेर १० प्रहरी खटाइएको भए पनि उनीहरुले अंग्रेजी भाषा नजानेका कारण समस्या हुँदै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us