काठमाण्डु, ७ भदौ– अमेरिकाको एटलान्टास्थित एक अस्पतालमा इबोला भाइरसको सफल उपचार सम्पन्न भएको छ ।
दुई संक्रमित निको भएर घर फर्किएका छन् । लाइबेरियामा कार्यरत दुई अमेरिकी इबोलाको चपेटामा परेपछि विमानमा विशेष व्यवस्थाका साथ एटलान्टामा ल्याई उपचार गरिएको थियो ।
ती दुई जनालाई अस्पतालमा सिसाको विशेष कक्षमा बन्द कोठामा राखेर उपचार गरिएको थियो । निको पार्ने अहिलेसम्मकै औषधि पत्ता लागेको भए पनि यसको उपलब्धताबारे केही खुलाइएको छैन् । दुई अमेरिकी चिकित्सक केन्ट बान्टी र नान्सी रिटवलले सो संक्रमणको औषधि पत्ता लगाएका हुन् ।
उनीहरुलाई तीन सातासम्म चिकित्सकको निगरानीमा राखेर उपचार गरिएको थियो ।