किन चुपचाप बसेका छन् देउवा ?

काठमाण्डु टुडे २०७१ भदौ ७ गते २:३६ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– कांग्रेसमा उपसभापति रामचन्द्र पौडेलले १३ औं महाधिवेशनबाट नेतृत्व लिने रणनीति बनाइरहेकाबेला वरिष्ठ नेता शेरबहादुर sher_Bahadur_Deubaदेउवा भने शान्त छन् ।
देउवाको  सक्रियता पौडेलको जस्तो देखिने गरी दैछ । तर मौन बसेरै रणनीति सफल बनाउने योजनामा देउवा लागेका छन् ।
देउवाले प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइरालाप्रति असन्तुष्टि र विरोध जनाएका छैनन् । बरु उनले संस्थापनकै शैलीमा समानान्तर पार्टीको स्वरुपलाई अघि बढाएका छन् । ढिलोचाँडो पार्टी नेतृत्व लिने सोचमा रहेका उनले शान्त रणनीतिबाटै पार्टीमा आफ्नो उपस्थिति र दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
प्रमुख सत्ता साझेदार दल एमालेको प्रधानमन्त्री कोइरालाप्रति असन्तुष्टि र विपक्षी दलहरुले सरकारको प्रभावकारिता नभएको आरोप लगाइरहदाँ भने देउवाले सरकारको बचाउ गरेका छैनन् । उनले विगतमा जस्तो पार्टी नेतृत्वको आलोचना समेत गरेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us