श्रीमान विदेश भएकी महिलाले अस्पतालमा बच्चा जन्माएर भागेपछि……

काठमाण्डु टुडे २०७१ भदौ ७ गते ५:१८ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– नौ महिनासम्म दुखकष्ट झेल्दै जन्म दिएर  सन्तानको मुखै नहेरी आमाले बच्चा छाडेर हिड्छन् भन्ने सुन्दा पत्याउन गाह्रो पर्छ ।
तर सत्य पत्याउन कर नै लाग्छ । बच्चालाई जन्म दिएको दोस्रो दिनमा धुलिखेल अस्पतालमा एक आमाले यसरी नै आफ्नो बच्चा छाडेर हिँडेकी छन् ।
आधुनिक प्रविधिको विकाससँगै भित्रिएको यस्ता विकृतिजन्य घटनाले नेपालका सरकारी र सामुदायिक अस्पतालमा निकै समस्या सिर्जना गर्न थालेको अस्पतालको गुनासो छ । २५ दिनअघि एउटी महिला प्रशव व्यथाले छटपटिदैं धुलिखेल अस्पतालको आकस्मिक कक्षमा आइपुगिन् ।

उनको साथमा एक पुरुष पनि थिए । अस्पतालमा महिलाले पहिला ती पुरुषलाई श्रीमान भन्दै चिनाइन । जब अस्पतालमा छोरीको जन्म भयो, तब महिलाले श्रीमान भनेर चिनाएका व्यक्तिलाई जेठाजु भन्न थालिन् ।
अस्पतालका कर्मचारीले श्रीमान खोइ त ? भन्ने प्रश्नमा ती महिलाले विदेशमा भएको बताइन् ।
उनको यो भनाइप्रति चिकित्सक र कर्मचारीले वास्ता गरेनन् । जब एक दिनपछि उनी बच्चा अस्पतालै छाडेर बेपत्ता भइन अनि अस्पतालमा हल्लाखल्ला मच्चियो ।
श्रीमान विदेश गएको, साथमा एकजना पुरुष लिएर अस्पतालमा आउनु, उसले भनेको ठेगाना र मोबाइल नम्बर नमिल्नु, कुनै जानकारी नदिई अस्पतालबाट भाग्नुलाइ अस्पतालले कतै अवैध रुपमा जन्मेको त होइन भन्ने आंशका गरेको छ ।
नेपाल समाचारपत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us