गुण्डाले धम्क्याए ९८५१२९८८८८ मा एआईजीलाई फोन

काठमाण्डु टुडे २०७१ भदौ ७ गते २:१९ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– आपराधिक व्यक्तिबाट अप्ठेरोमा परेको बेला प्रहरी अधिकारीहरुलाई सिधै सम्पर्क गर्न सकिने भएको छ ।
bigyan raj sharmaमहानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी विज्ञानराज शर्माले आफ्नै मोबाइल नम्बर नम्बर सार्वजनिक गरी खबर गर्न आग्रह गरेका हुन् ।
सर्वसाधारण तथा व्यवसायीलाई धम्क्याएर पैसा माग्ने गतिविधि नियन्त्रण गर्न एआइजी शर्माले आफ्नो मोबाइल नम्बर ९८५१२९८८८८ सार्वजनिक गरी खबर गर्न आग्रह गरेका छन् ।
शुक्रबारदेखि उनले उजुरी सुन्न हटलाइन सेवा सुरु गरेका हुन् । एआइजी शर्माका साथै प्रहरीले अन्य तीनबाट मोबाइल नम्बर पनि हटलाइनमा प्रयोगमा ल्याएको छ । ९८५१२८३८३५,९८६०३१२२१० र ९८६०३१२२१३ नम्बर हटलमाइन बनाइएको छ ।

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालका अनुसार हटलाइन सेवामा अधिकृत तहका प्रहरीले मात्र डिल गर्छन् र तत्काल पीडितले प्रहरीको सहयोग पाउनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us