गाई मारेको अभियोगमा मान्छे मार्न पाइँदैन: संघीय गठबन्धन

काठमाण्डु टुडे २०७१ भदौ ६ गते १३:०० मा प्रकाशित

काठमाण्डु, ६ भदौ– जनजाति पार्टीहरुको मोर्चा ‘पहिचानमा आधारित संघीय गठबन्धन’ ले गाई मारेको अभियोगमा गोरखामा एक जनाको हत्या गरेकामा आपत्ति जनाएो छ ।
गठबन्धनको शुक्रबारको बैठकले गाइ काटेर खाएको आरोपमा प्रहरीले गोरखा सिम्जुङ(१ सिरानडाँडामा एक जनाको हत्या गरेको भन्दै आपत्ति जनाएको हो ।

प्रहरी र स्थानीयबीच झडप भएपछि प्रहरीले चलाएको गोली लागी एक जनाको ज्यान गएको थियो ।

मुलुक धर्म निरपेक्ष राज्य घोषणा भइसक्दा पनि कानुन र संविधानको बर्खिलाप हुने गरी गाई मारेको अभियोगमा प्रकाउ गरिएकाले खेल व्यक्त गरिएको सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष पासाङ शेर्पाले बताए ।

‘गाइ मारेको बाहना पारी आदिवासी जनजातिमाथि स्थानीय प्रशासनले गोली प्रहार गर्ने हर्कत गर्नु धर्म निरपेक्ष राष्ट्रको उपहास भएको छ’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us