वीरगञ्ज, ६ भदौ– वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि तनाव भएको छ ।
तीन दिनअघि पाठेघरको उपचार गराउन आएकी सुनिता झाको उपचारका क्रममा शुक्रबार ज्यान गएको हो ।
आक्रोशित मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । त्यस क्रममा अस्पतालका सुरक्षागार्ड र मृतकका आफन्तबीच झडपसमेत भएको छ । झडपमा दुईजना घाइते भएका छन् ।
झण्डै एक घण्टासम्म जारी तनाव प्रहरी हस्तक्षेपपछि मात्र अन्त्य भएको थियो । स्थानीय प्रशासनको रोहबरमा भएको छलफलमा अस्पताल प्रशासन मृतक परिवारलाई क्षतिपूर्ति दिन तयार भएको छ ।
अस्पतालले झाको उपचार खर्च ब्यहोर्नुका साथै झडपमा घाइते भएका दुईजनाको उपचार गर्ने प्रतिबद्धता जनाएपछि तनाब कम भएको हो । मृतकका श्रीमान नरेन्द्र झाले चिकित्सकको लापरबाहीले घटना भएको आरोप लगाए ।
उनले एमाले सभासद विचारी यादव र राजकुमार गुप्ता तथा प्रहरीले दबाबमा सहमति गर्न बाध्य पारेको बताए । काठमाण्डृ टुडेसँग कुरा गर्दै उनले तीन दिन उपचार गर्दा ४५ हजार खर्च भएको बताए ।
‘मेरी श्रीमतीको ज्यान गएको छ, तर अस्पतालले ४५ हजार दि ने सर्तमा मिल्न बाध्य पारियो’, झाले भने, ‘ के मान्छेको मूल्य ४५ हजार मात्र हो ?