२६ मध्ये २२ सभासदको मनोनयन आइतबार

काठमाण्डु टुडे २०७१ भदौ ६ गते ११:१० मा प्रकाशित

काठमाण्डु, ६ भदौ– सरकारले मन्त्रिपरिषदबाट २६ मध्ये २२ सभासदको टुंगो छिट्टै लगाउने भएको छ ।
आइतबार बस्ने मन्त्रिपरिषद बेठकले बैठकबाट २२ सभासदको मनोनयन गर्ने भएको हो ।

मनोनयनबारे दलीय सहमति नुजटिसकेका कारण प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक आइतबार सारेका छन् ।

त्यसबारे निर्णय लिन आज सत्तारुढ काँग्रेस–एमाले बैठक बस्दैछ ।  २२ मध्ये कांग्रेसबाट ९, एमालेबाट ८, एमाओवादीबाट ४ र राप्रपा नेपालबाट एक सभासद्को मनोनयन गर्ने तयारी भएको छ ।

४ सभासद भने साना दलले पाउने छन् । तर कुनै पनि दलले एक सभासद पाउन ल्याउनुपर्ने मत नल्याएका कारण ठूला दलले मिलेर नाम दिन भनेका छन् ।

सर्वोच्च अदालतको आदेशअनुसार गत संविधानसभा निर्वाचनमा पराजित भएकालाई मनोनयन गर्न मिल्दैन ।
राष्ट्रिय जीवनमा योगदान दिएका मध्येबाट सभासद मनोनयन गर्नुपर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us