बामदेव भन्छन्, ‘सरकारमा काँग्रेसको दादागिरी छ’

काठमाण्डु टुडे २०७१ भदौ ६ गते ९:३२ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले गठबन्धन संस्कृतिविपरीत एक पक्षीय रुपमा सरकार सञ्चालन गरेर नेपाली bamdevकाँग्रेसले दादागिरी देखाएको आरोप लगाएका छन् ।
एमालेले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने पूर्वसहमति पालना नभए सरकार छाड्ने बताइरहेका बेला अखिल नेपाल किसान महासंघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले दादागिरी नदेखाउन चुनौती दिए । एमाले उपाध्यक्ष गौतम हासंघका अध्यक्षसमेत हुन् ।

सरकारको महत्वपूर्ण घटकको उपाध्यक्ष र प्रधानमन्त्रीपछिको दोश्रो वरियताको व्यक्ति आफूसँग प्रधानमन्त्री सुशील कोइरालाले समन्वय नगरेको भन्दै आक्रोश पोखे ।

आगामी संसदको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने र काँग्रेसको सहयोगमा सरकार बनाउने भन्दै उनले त्यतिबेला अहिलेको बदला लिने बताए ।

‘आफ्नो पार्टीको प्रधानमन्त्री छ भन्दैमा घमण्ड र दादागिरी नदेखाउनुस्’, गौतमले भने, ‘यसपछि हुने निर्वाचनमा एमाले पहिलो हुन्छ र प्रधानमन्त्री लिएर सरकार बनाउँछ, त्यतिबेला हामीले यसै गर्ने हो ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us