रौतहट, ६ भदौ– रौतहटको पिपरा रजवाडाघाटस्थित बागमती नदीमा बिहीबा भएको डुंगा दुर्घटनामा हराइरहेका दुई महिला मृत भेटिएका छन् ।
पिपरा रजवाडा–७ की ६५ वर्षीया सुखिया पण्डित र ६० वर्षीया जितनी दासको शव शुक्रबार भेटिएको हो । उनीहरुको शव बागमति नदी किनारमा भेटिएको उद्धारमा संलग्न सशस्त्र प्रहरी गंगापिपरा बेसक्याम्पका निरिक्षक रुपक नापितले बताए ।
उनले दुर्घटनामा हराइरहेका ६५ वर्षीय महादेव महतोको खोजी भइरहेको जनाए । सर्लाहीको बैरियाघाटबाट यात्रु बोकेर जाँदै गरेको डुंगा बिहीबार साँझ पाँच बजे नदीको नदीको बीच भागमा पल्टिएको थियो । डुंगामा सवार ६४ जनाले भने पौडीएर ज्यान जोगाएका थिए ।