ललितपुरको पुलचोकमा युवकको घाँटी रेटेर हत्या

काठमाण्डु टुडे २०७१ भदौ ६ गते २:५६ मा प्रकाशित

ललितपुर, ६ भदौ– ललितपुरको पुल्चोकमा एक युवकको हत्या भएको छ ।

खडगयोगनी मन्दिर छेउमा घाँटी रेटेर युवकको हत्या भएको हो । अन्दाजी २५ वर्षीय युवकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ललितपुरले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us