नराम्री श्रीमतीका श्रीमानले गर्छन हिंसा

काठमाण्डु टुडे २०७१ भदौ ६ गते २:४७ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– मन पराएर राजीखुसी बिहे भएका दम्पत्तीमा केही समयदेखि रुपलाई लिएर घर झगडा हुने गरेको पाइएको छ ।

धेरैजसो श्रीमानले श्रीमतीलाई राम्री देख्न छाडेपछि अरुसँग लाग्ने र त्यही कारण हिंसा हुने गरेको देखिएको हो ।
महिलाविरुद्ध हुने हिंसामाथि अनुसन्धान गर्दै आएको महानगरीय प्रहरी महिला बालबालिका सेवा केन्द्र कालीमाटीले ४ वर्षको अन्तरालमा त्यहाँ आएका घटनामाथि अनुसन्धान गर्ने क्रममा यस्तो निचोड निकालेको हो । योसँगै प्रहरीले हिंसा हुने थप ७ कारण औंल्याएको छ ।

पछिल्लो चार वर्षमा राम्री नभएको, धेरै बोलेको, घर व्यवहार नहेरेको आरोपमा श्रीमानले श्रीमतीमाथि हिंसा गरेको देखिएको छ । श्रीमान अर्की केटीसँग लागेपछि श्रीमतीलाई शारीरिक र मानसिक यातनासमेत दिने गरेको पाइएको छ ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us