राष्ट्रपति र ओलीले धम्क्याएपछि प्रधानमन्त्रीलाई ‘टेन्सन’

काठमाण्डु टुडे २०७१ भदौ ६ गते २:४० मा प्रकाशित

काठमाण्डु, ६ भदौ– राष्ट्रपति उपराष्ट्रपति अनुमोदनको विषयमा सत्तारुढ कांग्रेस–एमाले विवादले प्रधानमन्त्री सुशील कोइराला दबाबमा परेका छन् ।
sushil koiralaसंविधान घोषणाअघि राष्ट्रपति अनुमोदनको कुरा नउठाउन प्रधानमन्त्री कोइरालाले आग्रह गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यावन्यनबाट नपन्छिन् चेतावनी दिएका छन् ।
राष्ट्रपतिको दबाब, पार्टीभित्रको असन्तुष्टि र राष्ट्रपति अनुमोदनको सहमति कार्यान्वयनप्रति एमालेको राखेको अडानका कारण प्रधानमन्त्री कोइराला दबाबमा परेका हुन् ।

प्रधानमन्त्री कोइरालासँग बालुवाटारमा बिहीबार भएको भेटमा एमाले अध्यक्ष ओलीले सहमति कार्यान्वयनमा अन्य बहाना नखोज्न चेतावनीसमेत दिएका छन्  ।
कोइराला नेतृत्वमा सरकार गठनअघि कांग्रेस र एमालेबीच सहमति भएको थियो । सहमतिमा ८ माघमा संविधान जारी गर्नुअघि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखको नयाँ निर्वाचन गर्ने र त्यसअघि वर्तमान राष्ट्रपतिलाई नै संसद्ले अनुमोदन गर्ने निर्णय भएको थियो ।

राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको र यसका लागि संसद्ले धन्यवाद प्रस्ताव पनि पारित गरेकाले राष्ट्रपति अनुमोदन गरिरहनुनपर्ने तर्क कांग्रेसको छ । तर एमालेले सहमति अनुरुप राष्ट्रपति अनुमोदन र अन्तरिम संविधानमा संशोधन गर्नुपर्ने अडान राख्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us