एमाले नेता नेपाल र भारतीय राजदूतबीच भेट

काठमाण्डु टुडे २०७१ भदौ ५ गते ९:२९ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– एमाले नेता माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत रञ्जित रेबीच बिहीबार भेटवार्ता भएको छ ।

madbav-ranjit re
नेपाल निवास कोटेश्वरमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण र नेपाल(भारत सम्बन्धबारे कुराकानी भएको थियो ।

राजदूत रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट नेपालीमा देखिएको उत्साह मर्न नदिने गरी योजना बनाएर अघि बढ्ने बताएको नेपालका सहयोगी मोहन गौतमले बताए ।

यस्तै भेटमा नेपालको हित एवम द्विपक्षीय सम्बन्धलाई समेत ध्यानमा राख्दै जलस्रोत तथा उर्जा सम्बन्धी आवश्यक तयारीसहित मोदीको आगामी भ्रमणलाई थप उपलब्धिमूलक बनाउने विषयमा पनि कुराकानी भएको उनले बताए ।

भेटमा भारतीय राजदूत रेले दलहरुबीच संविधान निर्माणमा भइरहेका सहमति प्रयास र समयमै संविधान जारी हुने वा नहुने सम्भावनाबारे समेत जिज्ञासा राखेका छन् ।
जवाफमा नेता नेपालले सहमति प्रयास जारी रहेको र समयमै संविधान जारी गर्न आफूहरु प्रयत्नरत रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us