सीके राउतको मधेस टुक्र्याउने अभियानमा बाबुराम सकारात्मक !

काठमाण्डु टुडे २०७१ भदौ ५ गते १४:१० मा प्रकाशित

काठमाण्डु, ५ भदौ– नेपालबाट मधेसलाई अलग्याएर छुट्टै देश बनाउने अभियानमा रहेका सीके राउतले एमाआवादी नेता बाबुराम भट्टराई समक्ष ck rautमुलुक टुक्र्याउने प्रस्ताव राखेका छन् ।
राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईसमक्ष उनले बिहीबार नयाँ बन्ने संविधानमा उक्त प्रावधान राख्नुपर्ने माग गरेका हुन् ।

भट्टराईले संविधान निर्माणका लागि सुझाव लिने क्रममा बिहीबार मधेसका नागरिक अगुवा र बुद्धिजिवीसँग सिंहदरबारमा छलफल गरेका थिए ।

छलफलमा राउतले छुट्टै देश बनाउने व्यवस्था राखिए मधेसमा पृथकतावादी माग राखेर हतियार उठाउने सम्भावना नरहेको जिकिर गरेका थिए ।

राउतले क्यानडा, अष्ट्ेरलिया, बेलायतलगायत देशमा त्यस्तो प्रावधान रहेको भन्दै नेपालमा पनि त्यसै गर्नुपर्ने उल्लेख गरेका थिए । जवाफमा भट्टराईले राउतको कुरा नाजायज नभएको बताए ।

तर, नेपाली समाजको चेतनाले उक्त वियय स्वीकार गर्न नसक्ने बताए । उनले राउतको प्रस्तावबारे थप छलफल आवश्यक रहेको टिप्पणी गरेका थिए ।
अमेरिकामा सरकारी जागिर छाडेर नेपाल आएका राउत मधेसलाई अलग देश बनाउने अभियानमा छन् । उनलाई भट्टराई आफैंले टेलफोन गरी काठमाण्डु बोलाएका थिए । सिंहदरबारमा बैठक बस्नुअघि भट्टराई र राउतबीच करिब एकघण्टा छुट्टै कुराकानी भएको थियो । भट्टराई र राउतबीच छुट्टै छलफल भएको थयो ।
राउतले देश टुक्र्याउने कुरा गरिरहँदा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तपलोपा अध्ययक्ष महन्थ ठाकुर, मधेसी बुद्धिजिवी सीके लाल, तुलानारायण साह र पत्रकार रामकुमार कामत चुपचाप लागेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us