ट्रक जलाएको आरोपमा दुर्गा प्रसाईं समूहका थप ६ जना पक्राउ

काठमाण्डु टुडे २०८१ असोज १० गते १३:०६ मा प्रकाशित

काठमाण्डु, १० असोज– प्रहरीले गत ६ असोजमा झापामा दुई वटा ट्रकमा आगजनी गर्ने थप ६ जना मेडिक व्यवसायी दुर्गा प्रसाईंका लाई पक्राउ ।

पक्राउ पर्नेमा झापा हल्दिबारी घर भएका २४ वर्षीय विवश लिम्बु, मेचीनगरका ३४ वर्षीय राजेश महत, अर्जुनधारा घर भएका ३८ वर्षीय रुद्र भुजेल, हल्दिबारी गाउँपालिका घर भएका ५१ वर्षीय वीरबहादुर गुरुङ र झापा बिर्तामोड घर भएका ३५ वर्षीय उदय लिम्बु रहेको प्रहरीले जनाएको छ ।

आरोपीहरूले कन्काई नगरपालिका–८ स्थित बिरिङ खोला पुल र बिर्तामोड नगरपालिका–६ स्थित गिरिबन्धु टि स्टेट नजिकै भारतीय नम्बरको ट्रक जलाएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ यसअघि दुई जनालाई पक्राउ गरेर आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिएका छन ।

रुद्र भुजेल प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको झापा जिल्ला समिति कोषाध्यक्ष हुन् । विवश लिम्बु, माबो लिम्बु र उदय लिम्बु जिल्ला कार्य समिति सदस्य हुन् ।

राजेश महत मेचीनगरका नगर इन्चार्ज हुन् । वीरबहादुर गुरुङ अभियाको सल्लाहकार रहेको खुलेको प्रहरीले जनाएको छ । सिलीगुडीबाट प्लाई बोकेर आएको युपी–५७–एटी–४४९३ नम्बरको ट्रक र बिर्तामोडबाट काँकडभिट्टा जाँदै गरेको डब्लुबी–७३–ई–३०५६ नम्बरको ट्रक र चालकलाई लक्षित गरेर उनीहरुले पेट्रोल बम प्रहार गरेका हुन् । पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us