बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज ९ गते १७:११ मा प्रकाशित

काठमाण्डु,९ असोज– बाजुरामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेको प्रहरीले जानकारी दिएको छ ।

चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराले जानकारी दिएका छन ।

चट्याङ लागेर गौमुल गाउँपालिका–४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी पनि उनले जानकारी दिएका छन ।

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर रोकायाका चार बाख्रासमेत मरेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us