छोराबुहारीको कुटपिटबाट वृद्धको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज ९ गते ९:३७ मा प्रकाशित

सिरहा, ९ असोज– सिरहाको औरही गाउँपालिक–३ खजनपुर टोलमा छोराबुहारीको कुटपिटबाट वृद्धको मृत्यु भएको छ ।

कुटपिटबाट स्थानीय ६५ वर्षीय भालेश्वर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भालेश्वरलाई सोमबार साँझ छोरा शैलेन्द्र र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए ।

सिरहा प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाले कुटपिटबाट गम्भीर घाइते भएका भालेश्वरलाई उपचारका लागि विराटनगर लैजाने क्रममा गएराति बाटैमा मृत्यु भएको हो ।

प्रहरीले कुटपिटमा संलग्न शैलेन्द्र र उनकी श्रीमती रेणुलाई पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us