काठमाण्डु, ८ असोज– पाल्पामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल घुम्न आएका भारत उत्तरप्रदेश आग्राका २६ वर्षीय विशालकुमार जावत रहेको प्रहरीले जानकारी दिएको छ ।
तिनाउ गाउँपालिका–३ पावरहाउसस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतीय नागरिकको डुबेर जावतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
विशाल सोमबार साँझ पौने ६ बजेको समयमा पौडी खेल्ने क्रममा खोलामा डुबेका थिए । खोजीका क्रममा रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलको क्षेत्रमा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।