अवैध भिओआईपी संचालन गर्ने बंगलादेशी पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ ५ गते १२:०९ मा प्रकाशित

काठमाण्डु, ५ भदौ – अवैध रुपमा भिओआईपी संचालन गर्ने तीन बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

हाल काठमाण्डु–१७ खुशिबू बस्ने २५ बर्षीय मोहम्मद हसन इकबाल र बालुवाटार बस्ने २६ बर्षीय नयन र काठमाडौ–४ ३६ बर्षीय एकेएम फजेल लाई प्रहरीले पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट नियमित रुपमा संचालित ‘अपरेशन भ्वाइस फक्स’ अन्र्तगत खटिएको प्रहरी टोलीले बुधबार छापा मारी अवैध भिओआइपीमा प्रयोग हुने विभित्र प्रकारका उपकरणहरु सहित बंगलादेशी नागरिकहरुलाई पक्राउ गरेको थियो ।

बरामद उपकरणहरुमा युरोटेक गेटवे –३२ पोर्ट २ थान, आई गेट ३२ पोर्ट१ थान, ल्यापटप १ थान, डेस्कटप कम्प्युटरको सिपियु २ थान, सिमकार्डहरु ३१५ थान,ब्याट्री ३ थान,इन्भर्टर २ थान लगायतका सामानहरु रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us