सुनसरी, ५ भदौ– सुनसरीमा स्थानीयको कुटाइबाट एक महिलाको ज्यान गएको छ ।
सुनसरी कप्तानगंज–२ की ३५ वर्षीया करिश्मा खातुनको बिहीबार बिहान मृत्यु भएको हो ।
गैरमुस्लिमसँग अनैतिक सम्बन्ध राखेको आरोपमा खातुनलाई स्थानीय हसिना खातुन, साव्रुन खातुन, सहना खातुन र रासुल मियाले दुई साताअघि मरणासन्न हुने गरी कुटेका थिए ।
कुटपिटमा संलग्न सबैलाई इलाका प्रहरी कार्यालय देवानगंजले नियन्त्रणमा लिएको छ । इनरुवास्थित जिल्ला अस्पतालमा उपचार गराएर उनी मंगलबार मात्र घर गएकी थिइन् ।