डुंगा पल्टिएर डुबेका सबैले पौडी खेलेर ज्यान जेगाए

काठमाण्डु टुडे २०७१ भदौ ५ गते १४:०७ मा प्रकाशित

रौतहट, ५ भदौ– रौतहटको पिपरा रजवाडा–७ स्थित वागमति नदीमा डुंगा पल्टिँदा हराएका अधिकांश जिवितै सम्पर्कमा आएका छन् ।

बिहीबार करिब ५ बजेको समयमा डुंगा पल्टिँदा त्यसमा सवार करिब ५० जना डुबेका थिए ।

अधिकांश पौडी खेल्न जान्ने यात्रु भएकाले ज्यान जोगाउन सफल भएको र केहीलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए भुजेलले डुंगामा सवार दुई महिलाको अवस्था अज्ञात रहेको र उनीहरुको खोजी भइरहेको बताए ।

घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धारकार्य जारी राखेका छन् । क्षमताभन्दा बढी यात्रु बोकेका कारण डुंगा दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us