एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म नै प्रमुख अतिथि हुनुपर्ने भयो: पूर्वराष्ट्रपति भण्डारी

काठमाण्डु टुडे २०८१ असोज ६ गते १५:३१ मा प्रकाशित

काठमाण्डु, ६ असोज– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ०८४ मा एमालेलाई मुलुकको पहिलो दल बनाएर एमालेबाटै अर्को राष्ट्रपति बनाउनु पर्ने बताएकी छन । मदन भण्डारी फाउण्डेशनले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न आवाश्यक भएको बताएकी छन ।

उनले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्दै दोस्रो राष्ट्रपति बनाउने प्रयासमा एमाले अहिलेदेखि लाग्न जरुरी रहेको बताएकी छन । उनले भनिन्,‘म एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ ।

वामआन्दोलनको तर्फबाट पनि पहिलो राष्ट्रपति हुँ। सबैले प्रमुख अथिति भनेर बोलाउनुपर्ने भएको छ। नेकपा एमालले अर्को राष्ट्रपति नबनाएसम्म म आफै सामाजिक फोरमहरूमा प्रमुख अथिति बन्नुपर्ने भयो ।

म बाहेक अन्य नेताहरू पनि एमालेबाट सम्माननीय बन्नुभएको छ। पार्टीका कार्यक्रमहरू पार्टीका नेताहरू जानुहुन्छ। सामाजिक फोरमहरूमा भने जनताले मलाई खोज्ने गरेका छन्। मैले के अनुरोध गर्न खाजेको हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर राष्ट्रपति बनाउनुस् ।’

उनले एमाले २०८४ को निर्वाचनपछि निर्णायक शक्ति हुने, त्यसपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै भएर मुलुकको अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने बताएकी छन ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यान्वयन प्रक्रियामा रहेको उनले बताइन्। जबजको सिद्धान्तलाई मान्नेहरू नेतृत्व तहमा पुगे पनि भनेजस्तो काम गर्न नसकेको पनि उनले बताइन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us