कामदारहरुले तिर्नु परेको मोटो रकमबारेमा विचार गर्नेछु : मलेसियाली मन्त्री

काठमाण्डु टुडे २०७१ भदौ ५ गते ९:५२ मा प्रकाशित

काठमाण्डु, ५ भदौ – मलेसियाली मानव संसाधन मन्त्री दातुक रिचार्ड रिवटले मलेसियामा रहेका नेपालीहरु इमान्दार र परिश्रमी रहेको बताएका छन् ।

Malaysian-Minister-for-Hश्रम तथा रोजगार मन्त्रालय सिंहदरबारमा बिहिबार भएको भेटमा मन्त्री दातुक रिचार्ड रिवटले नेपाली कामदार इमान्दार, मेहनती र परिश्रमी भएको बताएका हुन् ।

नेपालबाट घरेलु कामदार लैजाने विषयमा छलफल भएको राज्यमन्त्री गुरुङले बताए । त्यसैगरी वैदेशिक रोजगारीमा मलेसिया जाने नेपालीहरुले ठूलो रकम तिर्नु परेको विषयमा पनि ध्यानाकर्षण गरेको मन्त्री गुरुङले जानकारी दिए ।

श्रम तथा रोजगार राज्यमन्त्रीसँगको भेटवार्तापछि मलेसियन मानव संसाधन मन्त्री रिवटले मलेसिया जान नेपाली कामदारहरुले ठूलो रकम तिर्नु परेको विषयमा  आफ्नो सरकारलाई जानकारी नभएको भन्दै अन्तर्राष्ट्रिय कानूनमा पनि उल्लेख नभएको प्रष्ट पारे ।

उनले मलेसिया सरकार नेपाली कामदारको इमान्दारिता र लगनशिलताको उच्च मूल्याङ्गकन गर्दै घरेलु कामदारको रुपमा नेपाली कामदार लैजान चाहेको बताए।

नौ सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री रिवट दुई दिने नेपाल भ्रमणका क्रममा बुधबार नेपाल आएका हुन् ।

नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्र पाण्डेसंग भेटवार्ता गर्नु हुने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us