भट्टराई पक्षले पार्टी फुटाएर पदको टेण्डर खुलायो: शर्मा

काठमाण्डु टुडे २०७१ भदौ ४ गते ११:३२ मा प्रकाशित

काठमाण्डु, ४ भदौ– एकीकृत माओवादीका काठमाण्डु अध्यक्ष हिमाल शर्माले नेता बाबुराम भट्टराई पक्षले समानान्तर कमिटि घोषणा गरेको Himalविषयलाई हास्यास्पद, गैरराजनीतिक र अराजतकताको संज्ञा दिएका छन् ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै शर्माले समानान्तर कमिटी घोषणा गरेकामा आपत्ति जनाएका हुन् । उनले भट्टराई पक्षले पार्टी फुटाएर पदको टेण्डर खुलाउने काम गरेको भन्दै भन्र्सना गरेका छन् ।

बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा पत्रकार सम्मेलन गरी भट्टराई समूहले महेन्द्र श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको थियो ।

‘काठमाण्डु जिल्ला समितिको नाममा यस समितिका उपाध्यक्ष महेन्द्र श्रेष्ठ ‘शैलेन्द्र’ ले स्वघोषित अध्यक्ष भएको हवाला दिनुभएकोमा जिल्ला समितिलाई गम्भीर बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टी फुटाएर पदको टेण्डर खेलाउने यस प्रकृतिको गतिविधिलाई काठमाण्डु जिल्ला समिति घोर भत्र्सना गर्दछ ।’
शर्माले उक्त असन्तुलित व्यवहाबारे बिहीबारसम्म जिल्ला कार्यालयमा शसरीर उपस्थित भई स्पष्टीकरण दिन निर्देशन दिएका छन् । अन्यथा त्यस सम्बन्धमा थप निर्णय लिइने चेतावनी उनले दिएका छन् ।
उनले असार १५ गते सम्पन्न जिल्ला सम्मेलनपछि हिमाल शर्मा सर्वसम्मत अध्यक्ष निर्वाचित भएकामा श्रेष्ठले बधाई मन्तव्यसमेत दिएको भन्दै उनले समानान्तर समिति घोषणाले आफूलाई आश्चर्य चकित तुल्याएको बताएका छन् ।
विज्ञप्तिमा शर्माले पार्टीलाई एकताबद्ध र जुझारु बनाई क्रान्तिको बाँकी कार्यभार सम्पन्न गर्नैपर्ने ऐतिहासिक दायित्वलाई आत्मसात गर्नुपर्ने अवस्थामा पार्टीलाई गतिहीन र विखण्डित बनाइराख्ने गतिविधिबाट विचलित तथा भ्रमित नहुन पार्टी पंक्तिमा अपिलसमेत गरेका छन् ।

himal

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us