काठमाण्डु, ४ भदौ– नेपाल क्रिकेट संघ ‘क्यान’ ले एसीसी यू–१६ प्रिमियर क्रिकेटको उपाधि जितेको नेपाली टोलीका सदस्यहरुलाई जनही २० हजारका
दरले पुरस्कार दिने घोषणा गरेको छ ।
खेलाडीहरुको प्रत्साहनका लागि नगद पुरस्कार दिन लागिएको क्यान सदस्य रञ्जित तामाङले काठमाण्डु टुडेलाई बताए ।
फाइनलमा नेपालले आयोजक मलेसियालाई बुधबार ३२ रनले हराउँदै उपाधि चुमेको थियो । नेपाली युवा टोली बिहीबार काठमाण्डु आइपुग्ने छ ।