काठमाण्डु २७ भदौ– केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलमा छापा मारेर ५० जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दुई जना चिनियाँ र एक फिलिपिनो नागरिक समेत रहेको सिआईबीले जानकारी दिएको छ ।
अवैध रुपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको र क्रिप्टो कारोबार गरेको सूचनाका आधारमा प्रहरीले एक घरमा बुधबार राति छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । यसबारे अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन ।