कोटीहोम विवाद– छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १७:४७ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोममा भएको ‘विवाद’ बारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ । काठमाण्डुका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना नेतृत्वको समितिले बुधवार काठमाण्डुका प्रजिअ जितेन्द्र बस्नेतलाई प्रतिवेदन बुझाएको हो ।

समितिमा डीएसपी गङ्गा पौडेल, सशस्त्रका डीएसपी प्रमोद राय, पत्रका गोविन्द चौलागाई र अधिवक्ता सचितानन्द काफ्लेसहित ७ जना सदस्य रहेका छन ।

छानबिन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको अधिवक्ता सचितानन्द काफ्लेले जानकारी दिएका छन । कृष्णमुर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीलाई प्रहरीले पशुपतिनाथमा धरपकड गरेपछि विवाद भएको थियो ।

साउन ३२ मा पशुपतिमा कोटीहोम सकेर होटल जान लागेका कथाबाचक कृष्णमुर्ति जी महाराजलाई जिल्ला प्रहरी परिसर  काठमाण्डुबाट इन्स्पेक्टरको नेतृत्वमा खटिएका प्रहरीले धरपकड गरेका हुन् । तर, उनका भक्तहरूको अवरोधपछि प्रहरी अधिकृतहरू उनलाई गिरफ्तार गर्नबाट पछि हटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us