काठमाण्डु, २६ भदौ– एमालेले पूर्वसभामुख एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पहिलो स्मृति सभा गरेको छ । एमालेले नेम्वाङलाई पहिलो स्मृति सभा एमाले मुख्यालय च्यासलमा गरिएको थियो ।
उक्त स्मृति सभामा नेम्वाङका परिवार एवं पार्टीका नेता–कार्यकर्ता उपस्थित रहेका थिए । नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए ।
गत भदौ २६ गते नेम्वाङको हृद्यघातका कारण मृत्यु भएको थियो । राति हृदयाघात भएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।