मोटरसाइकल नालीमा खस्दा चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २४ गते ७:४४ मा प्रकाशित

पश्चिम नवलपरासी, २४ भदौ– पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका–१२ फरौलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

लु१७प ८७८८ नम्बरको मोटरसाइकल राति करिब साढे १० बजेतिर दुर्घटना हुँदा मोटरसाइकल चालक सुनवल नगरपालिका–९ स्वाठीका २६ वर्षीय रामनाथ कंवरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते रामनाथको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा ज्यान गएको हो । नवलपरासी पश्चिम प्रहरीका सूचना अधिकारी डिएसपी रेशम बोहराका अुनसार मोटरसाइकल सडकको नालीमा खसेर दुर्घटना भएको थियो ।

शव पोष्टमर्टमका लागि परासी सोही अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us