धनगढी, २३ भदौ– धनगढीमा नुहाउन गएका दिदीबहिनी नदीमा डुबेका छन् ।
आइतबार दिउँसो करिब १ बजे धनगढी उपमहानगरपालिका–७ र १५ को बीचमा पर्ने बेली पुलनजिकैको खुटिया नदीमा नुहाउन गएका दिदीबहिनी नदीमा डुबेका थिए ।
प्रहरीका अनुसार नदीमा डुब्नेमा धनगढी उपमहानगरपालिका–१४ जी गाउँका १६ वर्षीया जेनिशा अवस्थी र १४ वर्षीया सवि अवस्थी छन् ।
नदीमा डुबेर जेनिशा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कबिन्द्र बोहराले जानकारी दिए ।
सविलाई भने स्थानीयले नदीबाट निकालेका थिए । जेनिशा बेपत्ता भएको र खोजी कार्य चलिरहेको डिएसपी बोहराले जानकारी दिए । सविलाई उपचारका लागि धनगढी पठाइएको र स्वास्थ्य अवस्था गम्भीर रहेको उनले बताए ।