प्रहरी जवान नै लुटेरा !

काठमाण्डु टुडे २०८१ भदौ २३ गते १८:३५ मा प्रकाशित

ललितपुर, २३ भदौ– लुटपाट आरोपमा ललितपुरबाट प्रहरी जवानसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरीको महाराजगन्ज वृत्तमा कार्यरत जवान डम्मलाल उपाध्याय, खोटाङका ३३ वर्षीय विकाश श्रेष्ठ र रामेछापका २८ वर्षीय मनोज भुजेज छन् ।

गत २९ साउनमा सातदोबाटो नजिकै दिउँसै एक व्यक्तिमाथि लुटपाट गरेको आरोपमा उनीहरुलाई प्रहरीको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले आईफोन दुई थान, सामसुङ फोन दुई थान, ल्पाटप र चार तोलाको सुनको सिक्री लुटेका थिए । प्रहरीले लुटेरा समूहको साथबाट दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us