काठमाण्डुमा दुई जना मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०८१ भदौ २३ गते १५:२० मा प्रकाशित

काठमाण्डु, २३ भदौ– काठमाण्डुमा दुई जना मृत अवस्थामा फेला परेका छन । काठमाण्डु महानगरपालिका–३१ स्थित सुकुम्बासी वस्ती र काठमाण्डु महानगरपालि –२६, रानीबारीमा शनिबार दुई जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सुम्बासी बस्तीमा १ नम्बर पानी ट्यांकी नजिकै खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका–११ घर भएका ४९ वर्षीय केदार खड्का मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।

रानीबारीमा कुमारी टोलमा डेरा गरी तनहुँका ५० वर्षीय लोकेन्द्र महत आफ्नै कोठामा भृत अवस्थामा फेला परेका हुन् । दुवै जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । दुवै जनाको मृत्युबारे विस्तृत अनुसन्धान भइरहेको काठमाण्डु प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us