नक्कली फेसबुक आइडी खोलेर युवतीको नाङ्गो फोटो राख्ने पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ ४ गते ८:२४ मा प्रकाशित

facebookकाठमाण्डु, ४ भदौ– नक्कली फेसबुक आइडी बनाएर महिलालाई दुव्र्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुली जलकन्या–२ घर भएका राजकुमार स्याङ्बो छन् । उनलाई प्रहरीको महानगरीय अपराध महाशाखा हनुमानढोकाको टोलीले बुधबार पक्रेको हो ।

प्रहरीका अनुसार स्याङबोले लामो समयदेखि नक्कली फेसबुक आइडी खोलेर युवतीहरुको अश्लिल तस्वीर वालमा राख्ने गरेका थिए ।

स्याङबोले नक्कली आइडी बनाउँदै फरकफरक महिलालाई विभिन्न आश्वासन दिएर नजिक ल्याउने र पछि उनीहरुकै प्रोफाइलमा अश्लील तस्वीर राखेर  बाग्रेनिङ गर्ने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रहरीले  स्याङबोलाई विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्धा चलाउने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us