न्यायाधीश र सैनिक अधिकारीको भ्रष्टाचार अख्तियारले हेर्ने

काठमाण्डु टुडे २०७१ भदौ ४ गते १:५५ मा प्रकाशित

काठमाण्डु, ४ भदौ– संवैधानिक निकायका पदाधिकारी, न्यायाधीश र सैनिकले पदमा रहँदा गरेको भ्रष्टाचारबारे उनीहरुको अवकाशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न पाउने भएको छ ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत विवाद समाधान उपसमितिको मंगलबार बसेको बैठकमा अख्तियारलाई बलियो बनाउँदै संवैधानिक निकायका पदाधिकारी, न्यायाधीश र सैनिकले पदमा रहदाँ गरेका भ्रष्टाचार मुद्धासमेत तिनको अपकाशपछि हेर्न पाउने संवैधानिक व्यवस्थामा सहमति  जुटेको हो ।
उपसमितिका संयोजक लक्ष्मणलाल कर्णका अनुसार अख्तियारको क्षेत्राधिकारबाहिर रहेका विषयमा अब के गर्ने भन्नेबारे लामो छलफल भएको थियो ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us