सर्वोच्च छाडेर उच्चमा न्यायाधीश नियुक्त गर्ने तयारी

काठमाण्डु टुडे २०८१ भदौ ९ गते १५:५६ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– न्याय परिषद्ले उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने तयारी गरेको छ । त्यसका लागि आइतबार न्याय परिषद्को बैठक बसेको छ ।

बैठकले १६ जना न्यायाधीश नियुक्त गर्ने तयारी गरेको परिषद् स्रोतले जानकारी दिउको छ । सर्वोच्च अदालतमा समेत न्यायाधीश नियुक्त गर्नुपर्ने भएपनि ढिलाइ हुँदै आएको बेला आइतबार उच्चमा भने नियुक्तिको तयारी भएको परिषद् स्रोतले जानकारी दिएको छ ।

सर्वोच्चमा ४ जना न्यायाधीश नियुक्त गर्नुपर्ने अवस्था रहेको छ । लामो समयदेखि न्यायाधीश नियुक्तिबारे छलफल हुँदै आएपनि सहमति नजुट्दा अहिलेका लागि उच्चको न्यायाधीशमात्र नियुक्ति गर्न लागिएको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us