एकीकृत समाजवादीका केन्द्रीय समिति सदस्यद्वारा शपथ ग्रहण

काठमाण्डु टुडे २०८१ भदौ ९ गते १४:१८ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको नवगठित केन्द्रीय समितिका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन । यसअघि छुटेका केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराइएको एकीकृत समाजवादीले जनाएको छ ।

पार्टीको आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटीको पूर्ण बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले शपथ खुवाएका थिए । केन्द्रीय सदस्यहरूले मुठ्ठी उठाएर शपथ लिएका हुन ।

पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन गत असारमा सम्पन्न भएको थियो । महाधिवेशनको म्यान्डेट अनुसार पार्टीले साउन ३ सय ४४ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो । पार्टीले स्थायी कमिटी, पोलिटब्युरो र पदाधिकारी चयन गर्न बाँकी नै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us