नागार्जुनमा जिपले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ ९ गते १३:१९ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– नागार्जुनमा जिपले मोटरसाइकल ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक प्रवेश खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।

नागार्जुन नगरपालिका–७ स्थित सडकमा प्र.०१–०२५ च ९२४३ नम्बरको जिप र बा.प्र.०२–०१७ प १०९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक प्रवेश खड्का गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको शहीद मेमोरियल अस्पताल कलंकीमा क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिप चालकलाई नियन्त्रणमा लिएको पनि प्रहरी जानकारी दिएको ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us