काठमाण्डु, ९ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी को केन्द्रीय कमिटी बैठक आज आइतबारबाट सुरु हुँदै छ । मंगलबार (भदौ ११) गतेसम्म चल्ने बैठक आज बिहान ११ बजेबाट काठमाण्डुको थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरू हुने एक नेताले जानकारी दिएका छन । बैठकमा तीन वटा कार्यसूची तय गरिएको महासचिव घनश्याम भूसालले जानकारी दिएका छन ।
उनकाअनुसार आजको बैठकमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पथ तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यसूची रहेको छ । एकीकृत समाजवादीको ३४४ सदस्यीय केन्द्रीय कमिटी छ ।
त्यस्तै केन्द्रीय संरचनाहरूको निर्माण गर्ने कार्यसूची रहेको भूसालले जानकारी दिए। गत असार १६ देखि २० गतेसम्म चलेको १० औं महाधिवेशनले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव भूसालमात्रै निर्वाचित गरेको थियो ।
बाँकी पदाधिकारी, केन्द्रीय निकायहरू गठन गर्न बाँकी रहेको र आजबाट सुरू हुने बैठकमा त्यसबारे छलफल हुने उनले जानकारी दिएका छन । यस्तै विविध प्रस्तावमाथि पनि छलफल हुने पनि उनले जानकारी दिएका छन ।