वडा अध्यक्ष सडकमै मृत भेटिए

काठमाण्डु टुडे २०८१ भदौ ९ गते ९:५५ मा प्रकाशित

महोत्तरी, ९ भदौ- महोत्तरीको रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत फेला परेका छन् ।                    महोत्तरी प्रहरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित कलभर्ट छेउमा आइतबार बिहान उनी मृत फेला परेका हुन् ।

यादव सवार लु.प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । डिएसपी जयसवारले मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको हुन सक्ने अनुमान गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us