काठमाण्डू, ९ भदौ- रामेछापको शैलुङ् गाउँपालिका-३ लेखर्क पहरीगाउँमा पहिरोले ३ घर बगाएको छ । पहिरोमा परी दुईजनाको मृत्यु भएको छ ।
प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ । उद्धारका लागि टोकरपुर र दोरम्बाबाट प्रहरी चौकीबाट टोली खटाइएको प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए । पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ ।
अँधेरी खोलाको पुल भत्किएका कारण प्रहरी घटनास्थल पुग्न ढिलो भएको उनले बताए । उनका अनुसार केही स्थानीय पहिरोमा बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयबाट डिएसपी प्रदीपकुमार सिंहस नेतृत्वको टोली घटनास्थल प्रस्थान गरेको छ ।