धनगढी,९ भदौ– कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–४ स्थित देउवा निवास अगाडि गएराति शंकास्पद वस्तु फेला परेको हो ।
कैलाली प्रमुख प्रहरी एसपी पदमबहादुर विष्टले झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको जानकारी दिए ।
विष्टले उक्त वस्तु डिस्पोजलका लागि नेपाली सेनाको डिस्पोजल टोली बोलाइएको बताए । किन र कसले उक्त वस्तु राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।