सुतिरहेका बेला सर्पले टोकेर दिदीबहिनीको मृत्यु, तीनजना घाइते

काठमाण्डु टुडे २०८१ भदौ ८ गते २२:१४ मा प्रकाशित

कैलाली,८ भदौ- कैलालीको गौरीगंगा नगरपालिका-७ महुलियामा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ ।

स्थानीय स्थान घर्तीमगरका छोरीहरू ७ वर्षीया काजल र ४ वर्षीया नीताको शुक्रबार राति सर्पले डसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको भुइँतलामा खाटमा सुतेका उनीहरूलाई सर्पले टोकेको कैलाली प्रहरीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा दुवैको मृत्यु भएको हो । बालिकाहरूसँगै सुतेकी स्थानकी आमा ५५ वर्षीया रिजुघर्ती मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच शनिबार सर्पको टोकाइबाट धनगढीमा दुई जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका -१२ डी गाउँका १३ वर्षीय सुवास बोहरा र धनगढी-८ की ३२ वर्षीय गोपाला रानालाई सर्पले डसेको हो । उनीहरु दुवैको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us