बुटवल-पाल्पा सडक खण्डमा पहिरो, सवारी ठप्प

काठमाण्डु टुडे २०८१ भदौ ८ गते १७:०१ मा प्रकाशित

 बुटवल, ८ भदौ- पहिरोका कारण बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित हेडवर्क्स र सिद्धबाबा मन्दिर बीचमा पर्ने कुहिरे भिरमा शनिबार अपराह्न ४ बजेतिर सुक्खा पहिरो खसेको हो ।

पहिरोका कारण बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, पोखरातर्फ जाने र आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

पहिरो पन्छाएर सडक सुचारु गर्न केही समय लाग्ने दोभान प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us