मस्र्याङदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाण्डु टुडे २०८१ भदौ ७ गते १९:५२ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

यूपी५३एफटी७६२३ नम्बरको भारतीय बस शुक्रबार मस्र्याङदीमा खसेको थियो । २५ जनाको घटनास्थलमै तथा चितवनको भरतपुर अस्पतालमा एक जना, आँबुखैरेनी अस्पतालमा एक जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

दुर्घटनामा १६ यात्रु घाइते भएका छन् । घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाण्डुस्थित त्रिवी शिक्षण अस्पतालमा ल्याइएको छ ।

दुर्घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो । बसमा ४३ जना भारतीय नागरिक सवार थिए । पोखरा घुमेर काठमाण्डु आउँदै गर्दा बस दुर्घटनामा परेको हो ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बस शनिबार मात्र नदीबाट बाहिर निकालिने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us